Thu, 2018 Jul 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'लिलिबिली'को ‘घुम्न जाउँ इन्जिन गाडीमा’बोलको शिर्ष गीत रिलिज
image

काठमाडौं-‘भ्यालेन्टाइन डे’ अवसरमा यो बर्षको बहुप्रतिक्षित चलचित्र ‘लिलिबिली’ को शिर्ष गीत रिलिज भएको छ । चलचित्र निर्माण पक्षले प्रेम गर्नेहरुका लागि लक्षित गर्दै ‘भ्यालेन्टाइन डे’मा चलचित्रमा समावेश शिर्ष गीत रिलिज गरेको हो ।

स्कटल्याण्डको सुन्दर दृश्यमा छायांकन गरिएको ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीतको भिडियोमा  प्रदिप खड्का र नव-नायिका जसिता गुरुङ फिचरिंगमा छन् । एस.डी. योगीको स्वर र संगीत रहेको गीतमा एकतारेको शब्द रहेको गीतलाई  सुदिप बरालले खिचेका हुन् भने कविराज गहतराजको कोरियोग्राफी गरेका छन् ।

यसैबीच निर्माण पक्षले चलचित्रको उक्त गीतको डान्स कम्पिटिसन पनि घोषणा गरेको छ । जुनसुकै वर्गका व्यक्तिले उक्त गीतमा नृत्य गरेको भिडियो आफ्नै युट्युब च्यानलमार्फत अपलोड गर्न सक्ने निर्माता गोविन्द शाहीले जानकारी दिए । युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई १ लाख नगद पुरस्कार प्रदान गरिने बताईएको छ । 

चैत्र ३० गते प्रदर्शनमा आउने चलचित्रलाई  मिलन चाम्सले निर्देशन गरेका हुन् भने चलचित्रमा प्रदीप र जसितासंगै प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय रहेको छ ।

 

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement