Sun, 2018 May 27
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘पिँजडा ब्याक अगेन’को प्रिमियर सो सम्पन्न,चलचित्र कस्तो छ ?
image

काठमाडौं-माघ ४ गते उपत्यका बाहिर र माघ ५ गते उपत्यकामा प्रदर्शनमा आउने चलचित्र ‘पिँजडा ब्याक अगेन’को प्रिमियर सो सम्पन्न भएको छ । चलचित्र समिक्षक,कलाकार र संचारकर्मीहरुको बाक्लो उपस्थितिका बीच बुधबार ‘क्युज’ सिनेमामा ‘पिँजडा ब्याक अगेन’को प्रिमियर गरिएको थियो ।

करिव दुई दशक अघि ‘पिंजडा’बाट नेपाली रजतपटमा पाईला टेकेर आफुलाई एक्सन स्टारको रुपमा स्थापित गर्न सफल नायक निखिल उप्रेती अभिनित चलचित्र एक पारिवारिक कथा र त्यसभित्र अरुले रचेको षडयन्त्र भित्रको द्वन्दमा बनेको छ ।

२ घण्टा २५ मिनेटसम्म दर्शकलाई लामो समय लागेतापनि चलचित्र हेर्ने दर्शकलाई सिरियस बनाउने छ । चलचित्रमा समावेश केहि संवादहरुले दर्शकको मन छुने छ । प्रिमिएर पछी चलचित्र हेर्न पुगेका व्यक्तिहरुले निखिलको एक्शन र नायिका सारा सिर्पाईलीको अभिनय मन परेको बताएका छन् ।

निर्देशक हिमाल केसी को कामलाई पनि प्रसंसा गरिएको छ । द्वन्द निर्देशकमा आफुलाई स्थापित गरेका केसीको निर्देशकिय काम भने यो पहिलो हो र उनले यसमा मेहनत गरेको देखिन्छ यद्दपी केहि कमजोरीमा भने चलचित्र हेर्नेहरुले उनलाई सुझाव पनि दिएका छन् ।

चलचित्रमा निखिल र सारा संगै पुकार भट्टराई, ज्याक श्रेष्ठ, बाल कलाकार कुशाग्र भट्ट्राई लगायतका कलाकारको अभिनय रहेको छ ।  रमेश सुवेदी र बाबुराज सह निर्माताको रूपमा रहेको चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल । मौनता श्रेष्ठको कथा रहेको चलचित्रमा वसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता तथा रोहित पुरी, गोविन्द गौर र चन्द्र बहादुर खत्री निर्माताको रूपमा छन् भने चलचित्रमा  सौरभ लामाको छायांकन र अर्जुन पोखरेल, राजनराज सिवाकोटीको सङ्गीत रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement