Sat, 2018 Jan 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'राज्जा रानी'ले प्रिमियरमा पायो साकारत्मक तारिफ
image

काठमाडौं-पछिल्लो समयमा चलचित्रका प्रिमियर शो कमै मात्रामा गरिन्छन । अझ भनौ चलचित्रको प्रिमियर पछी यदि चलचित्रको कथाबस्तु कम्जोर रहेछ भने गलत म्यासेज जाने डरले निर्माण पक्ष पनि प्रिमियर गर्न डराउछ ।

यहि २१ गते शुक्रबार बाट प्रदर्शन हुने चलचित्र ‘राज्जा  रानी’ले भने प्रिमियर शो मा सकारत्मक तारिफ पाएको छ । तराई क्षेत्रमा अझै पनि जरा गाडेर बसेको दाईजो प्रथा को कथा बस्तु समेटिएको चलचित्रको कथालाई सबैले तारिफ गरेका छन् ।

दाईजोकै कारण बुहारिलाई घरबाट निकाल्ने जिउदै शरीरमा आगो लाउने लगायतका घटनाहरु समेटिएको चलचित्रमा नाजिर र केकी को अभिनय अझै उत्कृस्ट रहेको छ । चलचित्र पत्रकार र कलाकारको बाक्लो उपस्थिति माझ गरिएको प्रिमियर शो मा नेकपा एमाले का नेता लालबाबु पण्डीत समेट उपस्थित भएका थिए ।चलचित्र हेरिसकेपछि सहभागीहरुले तराई क्षेत्रको जस्ताको तस्तै कथालाई चलचित्रले समेट्ने प्रयास गरेको ले पनि चलचित्रलाई दर्शकले मन पराउने बताएका छन् ।

प्रेम बिबाह पछी दाईजो बिनै बिहे गरेकी बुहारीलाई गरिने ब्यबहार र उसले पाउने दुखलाई चित्रण गरेको चलचित्रमा तराई क्षेत्रमा भाषागत अभद्र ब्यबहार लाई पनि समेटिएको छ । एमाले नेता पण्डितले ‘राज्जा रानी’ले समाजमा सन्देश प्रवाह गर्ने बताउँदै भने, ‘खासगरि छोरीमाथी हुने अत्याचार र दाइजो प्रथाको कथा बोलेका कारण चलचित्रको  प्रस्तुती साह्रै राम्रो लाहेको बताएका छन् ।

मैथली भाषामा पनि डब गरिएको चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन्  यम थापाकै लेखन रहेको चलचित्रमा केकी र नाजीरका संगै कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ भने नायिका रेखा थापा अतिथि भूमिका देखिएकी छन् ।

आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement