काठमाडौं-फाल्गुन ११ गते प्रदर्शनमा आउने चलचित्र ‘रोमियो एण्ड मुना’को पहिलो गीत ‘स्याडविच मी’को भिडियोलाई टेलिभिजनहरुले प्रसारण गर्न अस्वीकार गरेको छ । निर्माण पक्षका अनुशार युट्युबमा स्याडविच मीको मनिटाइजेशन पनि गरिइएको छैन भने गीतको भिडियो माथि सेन्सर लगाउदै युट्युबले सीमित उमेर समूहले हेर्न मिल्ने गराइएको छ ।
काठमाडौंमा केहि समय अघि गित सार्वजनिक कार्यक्रममा चलचित्रका नायक विनय श्रेष्ठ दुई बिकिनी गल्र्ससँग पुग्दा पनि आलोचना भएको थियो ।नरेश कुमार केसी निर्देशित चलचित्रलाई प्रशन्न गोपालीले निर्माण गरेका हुन् भने चलचित्रमा विनय श्रेष्ठ, श्रृष्टि श्रेष्ठ र प्रज्वल सुजल गिरी लगायतको पनि मूख्य भुमिका रहेको छ ।