Tue, 2018 Oct 16
00:00:00 NST
TOP STORIES »
Kollywood News »
बहुप्रतिक्षित चलचित्र 'कृ'को ट्रेलर सार्वजनिक (भिडियो)
image

काठमाडौं-प्रखाईको समय समाप्त गर्दै यस बर्षकै बहुप्रतिक्षित नेपाली चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक भएको छ । लामो समय दर्शकले हलमा हेर्न नपाएका युवा स्टार अनमोल केसी लाई ट्रेलरमा यो भन्दा पहिलेका चलचित्र भन्दा भिन्न अवतारमा देख्न पाउनेछन । सार्वजनिक ‘कृ’को ट्रेलरमा अनमोल लाई रोमान्टिकसँगै एङ्ग्री अवतारमा देख्न सकिन्छ ।

माघ २६ गते देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘कृ’मा नायक अनमोल के.सी.ले नव-नायिका आदिती बुढाथोकीसँग रोमान्स गरेका छन् भने अर्का नायक अनुपविक्रम शाहीलाई चलचित्रमा भिलेनको अवतारमा देख्न सकिनेछ । चलचित्रको लागि अनमोलले राम्रै मेहनत गरेका छन् । कपाल र जुँगा बढाउनुका साथै उनले सिक्स प्याक पनि बनाएका छन् ।

फरक भूमिकामा देखिएका अनमोलले ट्रेलरमा खतरनाक एक्सन स्टन्टहरु गरेको पनि देख्न सकिनेछ । अनमोल अभिनित चलचित्रले राम्रो ब्यापार गरिरहेकाबेला यो चलचित्र पनि दर्शकले रुचाउने छन् भन्ने अनुमान ट्रेलरबाट पनि लगाउन सकिन्छ ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको  हो भने सुवास गिरी र भूवन केसी चलचित्रका निर्माता रहेका छन् । यस्तै चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement