Sat, 2018 Jan 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘पञ्चेबाजा’को ‘घिन घिन मादल’ बोलको गीत सार्वजनिक (भिडियो)
image

काठमाडौं-बिहिबार राजधानीमा प्रेसमिटकाबीच चलचित्र ‘पञ्चेबाजा’मा समावेश लोक फ्लेवरको ‘घिन घिन मादल’ बोलको गीत सार्वजनिक गरिएको छ । फाल्गुन ११ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीत भिडियोमा चलचित्रका कलाकार सौगात र जस्मिन श्रेष्ठ फिचरिङ छन् । 

प्रदीप भाद्वाजको शब्द र विकास चौधरीको संगीत रहेको गीतमा डेविड शंकर र अञ्जु पन्तको स्वर रहेको छ भने कविराज गहतराजको गीतमा कोरियोग्राफी रहेको छ ।

यस अघि ‘धौली’ र ‘अग्नीदहन’ निर्देशन गरिसकेका घनश्याम लामिछाने निर्देशित चलचित्रमा सौगात र जस्मिनसँगै कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाही लहायाताका कलाकारहरुको अभिनय रहेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक लामिछानेले एक गाउँका तीन पात्रको कथा चलचित्रमा प्रस्तुत गरिएको बताए ।

राजेश शाहीको लगानी रहेको ‘पञ्चेबाजा’ न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको हो भने सारा गुरुङ चलचित्रका सह-निर्माता हुन् । प्रदिप भारद्वाजको लेखन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् । चलचित्रमा जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन रहेको छ भने कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत सुन्न सकिनेछ ।

 

On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement