Tue, 2018 Oct 16
00:00:00 NST
TOP STORIES »
Kollywood News »
एक्शन र रोमान्सले भरिपूर्ण ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक
image

काठमाडौं-माघ ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । १९ बर्ष अघि चलचित्र ‘पिंजडा’ बाट डेब्यु गरेर नायक निखिल उप्रेती एक्शन नायकमा स्थापित भएका थिए । सोहि चलचित्रको सिक्वेलमा पनि निखिललाई एक्शन संगै रोमान्स गरेको देख्न सकिनेछ । मंगलबार प्रेसमीट गर्दै चलचित्र युनिटले चलचित्र ‘पिंजडा व्याक अगेन’को एक्सन र रोमान्सयूक्त ट्रेलर सार्वजनिक गरेको हो ।

द्वन्द्व निर्देशक हिमाल केसी निर्देशित चलचित्र ‘पिंजडा व्याक अगेन’मा निखिल संगै सारा सिर्पाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।ट्रेलर सार्वजनिक कार्यक्रममा नायिका साराले ‘पिंजडा व्याक अगेन’बाट आफ्नो करिअरमाथी उठ्नेमा विश्वस्त रहेको बताइन् ।

मौनता श्रेष्ठको कथा लेखना रहेको चलचित्रलाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको छ ।सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको चलचित्रका  प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले चलचित्रलाई खिचेका हुन् भने चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी रहेको छ ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement