Sun, 2017 Dec 17
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
अलविदा: शशी कपुरका ५ चलचित्र जुन उनको शाहसको मिसाईल बने
image

२०१७ जादाँ जादै भारतीय चलचित्र उद्दोगले एक चलचित्रका धरोधर गुमाएको छ । सालको अन्तिम महिनामा चलचित्रका लेजेंडर एक्टर र थिएटर पर्सनेलिटी शशी कपुर ले दुनियाको रंगमंचबाट अलबिदा भएका छन् ।

भारतीय चलचित्रमा दबदबा रहेको कपुर फ्यामिलिबाट प्रतिनिधित्व गर्ने शशी ले आफ्नो करियरमा धेरै यादगार चलचित्र दिएका छन् । जसमा बिशुद्द मसला चलचित्रको अलावा आर्ट चलचित्रको रंग पनि देख्न पाईन्छ ।

शशी राम्रो कलाकारको साथ् साथ् साहसी निर्माता पनि थिए जसले यस्तो बिषयलाई आफ्नो चलचित्रमा समावेश गराए जुन त्यतिबेलाको समयमा निकै बोल्ड मानिथ्यो । उनले आफ्नो करियरमा ११६ चलचित्रमा काम गरेका छन् । शशीलाई राम्रो कलाकारको रुपमा र फिल्म मेकरको लागि ति ५ चलचित्रले महतवपूर्ण भूमिका खेले जुन उनले निर्माण गरेका थिए ।

जुनून : १९७८ मा रिलिज भएको चलचित्र ‘जुनून’लाई शशी कपुरले निर्माण र निर्देशन गरेका थिए । रस्किन बांड को नोवेल अ फ्लाइट अफ़ पिजंस मा आधारित यो चलचित्र १८५७ पहिले गदरको नजिकै सेट थियो । चलचित्रमा शशी कपुरकि पत्नी जेनिफ़र केंडल, नसीरुद्दीन शाह र शबाना आज़मी मुख्य भुमुकामा थिए । यस चलचित्रलाई ३ नेशनल अवार्ड मिल्नुको साथै बेस्ट फिल्म पनि बनेको थियो ।

कलयुग : १९८१ मा रिलिज भएको यो चलचित्रलाई शशी कपुरले निर्माण गरेका थिए जबकी यस चलचित्रका निर्देशक श्याम बेनेगल थिए । एक कर्पोरेट परिवारको इर्द-गिर्द घूमती चलचित्रको कहानीको पात्र महाभारतको तर्ज माथि बुनेको थियो । जहा शशिले कर्ण को भूमिका निभाएका थिए । ‘कलयुग’ आर्ट र मीनिंगफुल चलचित्रको एक नमुना हो ।

उत्सव : १९८४ मा आएको यो चलचित्र आफ्नो समयको बोल्ड चलचित्रमा सामिल थियो जसको निर्माणका जिम्मा पनि शाहासी निर्माता शशी कपुर नै लिन सक्थे । दोस्रो शताव्दीमा शुद्रका द्वारा लिखित संस्कृत नाटक मृच्छकटिकामा आधारित चलचित्रमा शेखर सुमन र रेखा मुख्य भूमिका थिए । शेखर सुमनले यो चलचित्रबाट डेब्यु गरेका थिए भने चलचित्रलाई गिरीश कर्नाड़ले निर्देशना गरेका थिए ।

विजेता : १९८३ मा रिलिज भएको ‘विजेता’ शशी कपुरले निर्माण गरेको एक अर्को शानदार चलचित्र हो । जसलाई गोविंद निहलानी निर्देशन गरेका थिए । पति पत्नी बिचको सम्बन्धको कहानीमा शशि कपूर, रेखा र उनका छोरा कुणाल कपुर मुख्य भूमिकामा थिए ।

36 चौरंगी लेन : १९८१ मा आएको यो चलचित्रमा अर्पणा सेनको निर्देशन थियो भने चलचित्रलाई शशी कपुरले निर्माण गरेका थिए । बंगाली चलचित्रकी कलाकार अपर्णा ले यो चलचित्रबाट निर्देशक डेब्यु गरेकी थिईन । चलचित्रमा जेनिफ़र केंडल, धृतिमान चैटर्जी र देबाश्री राय मुख्य भूमिकामा थिए । चलचित्र क्रिटिकली हिट रह्यो ।

On Theatre
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
New Releases
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement