Tue, 2018 Oct 16
00:00:00 NST
TOP STORIES »
Kollywood News »
नायिका ऋचा शर्मा किन दिइन् त स्पस्टिकरण ?
image

काठमाडौं-यतिबेला चलचित्र ‘छक्का पञ्जा’ को टिम नायिका ऋचा शर्मा बिरुद्द खनिएको छ । ऋचाले ‘छक्का पन्जा’ हेर्ने दर्शक मुर्ख भनेको भनाईप्रति ‘छक्का पञ्जा’ को टिम  उनि बिरुद्द खनिएको हो । केही समय अघि राजधानीमा आयोजना भएको एकादेश फिल्म फेस्टिबल अन्तर्गत चलचित्रमा महिलाको भूमिका नामक गोष्ठीमा अभिनेत्री ऋचा शर्माले चलचित्र छक्का पञ्जाले महिला  शोषण गरेको बताएकी थिइन् । चलचित्र हेरिरहदा महिलालाई थप्पड हानेको देख्दा आफूलाई आफू मूर्ख लागेको बताएकी थिइन् ।  

त्यसपछी ‘छक्का पन्जा’ टिमका सबै कलाकारले उनलाई लक्षित गर्दै एउटा एउटा स्टाटस राखेका थिए,एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलार्इ मूर्ख भन्नु भएछ ।’ “प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपार्इका फिल्मले कहिल्यै दर्शक पाएनन्...

‘छक्का पन्जा’ टिमले आफ्नो आलोचना गरेपछि नायिका ऋचा शर्माले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै स्पस्टिकरण दिएकी छन् उनले लेखेकी छन....... ‘‘म एक कलाकार, निर्माता र दर्शक भएको कारणले दर्शकलाई मुर्ख भन्ने अधिकार नै छैन तर म पनि एक दर्शकका रुपमा बिचार दिन पाउँछु । दर्शकले हामीलाई बनाएको हो र हामी दर्शकलाई भगवान् मान्छौ । मैले कुनै पनि चलचित्र हेर्ने दर्शक मूर्ख हुन् भनेर कहिल्यै बोलेकी छैन तर जिन्दगीको कुनै पनि मोडमा होस् वा चलचित्रमा महिला हिंसाको विषयलाई हाँस्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो बिचार राख्न किन्चित डगमगाउने छैन । चाहे संसारले नै मलाई बिरामी सावित गरोस् । सिनेमामा आफूलाई मन लागेको देखाउँन पाइन्छ तर त्यसप्रति बिभिन्न धारणा आउँछन, तर मेकरले त्यसलाई पचाउँन सक्नुपर्छ । कलाका हरेक क्षेत्रमा सर्जकहरु आफ्नो सृजनामा यति तल्लिन भएर लागेका हुन्छन् कि उनीहरु एउटा गिलासभित्र हुन्छन् । दर्शकहरु नै हुन, जस्ले त्यो गिलासलाई बाहिरबाट हेरेर अनेक तर्क गर्छन् । असल कलाकार तिनै हुन, कहिलेकाही दर्शकका तर्कलाई पनि आत्मसात गर्छन् ।

म कलाकार हुँ, दर्शक हुँ तर सबैभन्दा म एक महिला हुँ । फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् । यदि महिला हिँसामाथि बनेको फिल्म भए, ठिकै थियो । तर, यो त कमेडी सिनेमा हो । र, यहि कुरा मैले एकादेश फिल्म फेस्टिभलमा चलचित्रमा महिलाको भूमिका शिर्षकको अन्र्तक्रियामा दर्शकले सोधेको प्रश्नमा यो कुरा बोलेकी थिएँ । र, मैले बोल्दा त्यो सिनेमा हेरेर ताली बजाउँने दर्शक मूर्ख हुन् पनि भनेकी थिइनँ । तपाईहरु भिडियो पनि हेर्न सक्नुहुन्छ । मैले त आफूलाई लागेको कुरा बोलेकी थिएँ । र, आफूलाई चित्त नबुझेको कुरा बोल्न पाउँनु मेरो अधिकार पनि हो । सर्जक सधैँ महान हुँदैन । अहिले त झन् चलचित्रको कुनै दृश्यमा कुनै समुदायको चित्त दुख्यो भने सच्चाउँने चलन छ । टेलिभिजनका हरेक प्रोगाममा कुनै समुदायलाई चित्त दुखे भन्नुहोला भन्ने म्यासेज पनि आइरहन्छ ।
फिल्म मेकरले यस्ता कुरामा ध्यान पुर्याउँनु पर्छ ।

, कहिलेकाही आफूलाई सच्चाउँनु पनि पर्छ । सच्चिनु आफ्नो कद सानो बनाउँनु होइन । भूँई र समयसित नजोडिएको मेकर जति नै अग्लो भएपनि, उस्को जग बलियो हुँदैन । म मा पनि धेरै कमजोरी छन् र म सुन्छु, आफ्नो कमजोरी अङाल्छु, सच्चाउछु, अनि राम्रो बन्ने प्रयास जीवनभर गरिरह्न्छु ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement