Tue, 2017 Nov 21
00:00:00 NST
TOP STORIES »
Kollywood News »
स्वेताले निर्माण गरेको 'कान्छी'को गीत सार्वजनिक
image

काठमाडौं-माघ २६ गते देशव्यापी प्रदर्शनमा आउने अभिनेत्री स्वेता खड्का निर्मित चलचित्र ‘कान्छी’को बिहीवार राजधानीमा एक कार्यक्रमका विच चलचित्रमा समावेश  लोक लयको 'चरी चट्ट परी भुरुरु' बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत रहेको छ भने गायनमा राजनलाई अञ्जु पन्तले साथ दिएकी छन् ।

बसन्त श्रेष्ठले कोरियोग्राफ गरेको चलचित्रको गीतमा स्वेता खड्का, दयाहाङ राई, प्रज्वलसुजल गिरी, भूमिका श्रेष्ठ लगायतका कलाकार फिचरिङ छन् ।कार्यक्रममा बोल्दै नायिका श्वेताले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली स्वरुप एउटा राम्रो चलचित्र समर्पण गर्ने प्रयास गरेको बताइन् ।

यम थापाको कथा रहेको चलचित्रलाई आकाश अधिकारिले निर्देशन गरेका हुन् ।  चलचित्रमा दया र स्वेता संगै अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ ।

मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो चलचित्रमा ग्रामीण भेगकी कान्छीको कथा समावेश गरिएको छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बास्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

On Theatre
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
New Releases
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement