Sat, 2018 Jan 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘छक्का पन्जा २’११ दिनमा १० करोड कलेक्शन
image

काठमाडौं-असोज ११ गते फूलपातीको दिन देशव्यापी प्रदर्शनमा आएको यसबर्षको बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ आफ्नो पहिलो भागको कमाईको रेकर्ड ब्रेक गर्ने दौडमा छ । 

यस अघि पहिलो भागले १६ करोड कलेक्शन गरेको थियो भने ‘छक्का पन्जा २’ ले आफ्नो प्रदर्शनको ११ औ दिनसम्म १० करोड को ब्यापार गरेको छ । प्रदर्शनको पहिलो हप्तामा ७ करोड ग्रस कलेक्शन गरेको चलचित्र हेर्न हलहरुमा दर्शक को भिड उत्तिकै लाग्ने वितरक बताउछन ।

लगातार ९ दिनसम्म सार्वजनिक बिदा भएकोले पनि चलचित्रको ब्यापार राजधानी भन्दा मोफसल मा बढी भएको छ । दशैं मनाउन लाखौं दर्शक राजधानी बाहिर भएका कारण पनि मोफसलबाट चलचित्रले ११ दिनमा ५ करोड ५० लाखको विजनेश गर्न सफल भयो । यस्तै राजधानीबाट चलचित्रले  प्रदर्शनको ११ दिनमा ४ करोड ५० लाख कलेक्सन गरेको बताईएको छ ।

दीपाश्री निरौलाले निर्देशित चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, वुद्धि तामाङ,  वर्षा राउत,स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, शिवहरी पौडेल, गौरव पहारी, किरण केसी, निश्चल बस्नेत, आयुष्मान देशराज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement