Mon, 2017 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
गसिपले चल्छ त् फिल्म ?
image

काठमाण्डौ , फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा गसिप बजारमा ल्याउन खप्पिस निर्माताको रुपमा छविराज ओझा पनि चिनिने गर्छन । उनले नमस्ते नेपालको ब्यानरबाट फिल्म 'हिरो' बनाएपछि फिल्म नगरीमा रेखा थापाको प्रवेश भयो । त्यस पश्चात रेखासंग विवाह बन्धनमा बाधिएपछि उनको फिल्ममा नव नायकहरुले मात्र प्रवेश पाए । नायिका भने केवल रेखा थापा मात्र ।

त्यसै क्रममा आर्यन सिग्देल , आयुष रिजाल , सविन श्रेष्ठ , नरेन खड्का लगायतका नायकहरु फिल्मीक्षेत्रमा भित्रीए । रेखा र छवि अलग भएर निर्माण गरेको फिल्ममा रेखाले नै बाजी मारिन । रेखाको 'काली' ले करोड बढी कमायो भने छविको 'लोफर'ले उनलाई असफलताको स्वाद चखायो ।

संयोग फेरी दोहोरिएको छ गत बर्ष झैँ दशैमा रेखा सफल भएकी छिन भने छविको फिल्मको प्रतिक्षा सबैलाई छ । 'लोफर' बाट रजनी केसीलाई डेब्यु गराउदापनि उनको तुलना रेखासंग गरियो । फिल्म त् चलेननै रजनी पनि छविको ब्यानरमा फेरी देखा परिनन । कार्तिक ७ मा प्रदर्शन हुने 'लज्जा' बाट फेरी पनि उनले नव नायिका शिल्पा पोखरेललाई फिल्म नगरीमा डेब्यु गराउदै छन् । हुनत रेखासंग दाजिनु नै शिल्पाको लागि पनि घातक हुन् सक्छ किनकी यसको शिकार रजनी भैसकेकी छिन ।

'लोफर' प्रदर्शन ताका रजनीसंग सामान्य गसिपमा होमिएका छवि शिल्पासंग भने बजार नै तात्ने गरि होमिएका छन् । छवि शिल्पाले मानेको खण्डमा विवाह गर्न तयार रहेको खबर बजारमा आइरहदा शिल्पाले भने आफ्नो ब्वाईफ्रेन्ड रहेको भन्दै उहालाई अभिभावक स्वरूप बुवा सरह मान्दै आएको खबर एक अनलाइनमा आयो ।

शिल्पाले त् यो सब हल्ला कार्तिक ७ सम्मका लागि मात्र रहेको भन्दै मुख खोलेको खबर पनि फिल्मनगरीमा नआएका होइनन । तर गसिप र स्क्यान्डलले मात्र फिल्म चल्छ भन्ने मानसिकता ठिक भने पक्कै हैन ।

गसिप पनि कति सम्म गर्ने भन्ने मात्र हो नत्र अर्को पटक देखि दर्शकले पत्याउन छाडछन् । फिल्ममा शिल्पासंगै आर्यन सिग्देल , मिथिला शर्मा , किरण केसी लगायतको मुख्य भूमिका रहेको छ । फिल्मलाई यस अघि 'श्रीमान' र 'महसुस' निर्देशन गरेका निर्देशक नवल नेपालले निर्देशन गरेका छन् । 

On Theatre
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
  • chhakka panja 2 Released On: असोज 11
  • mero paisa khai ? Released On: असोज 11
New Releases
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
chhakka panja 2
Director
Deepa shree Niraula
Producer
Deepakl raj giri
Release Date:
असोज 11
View Details
mero paisa khai ?
Director
Rosa Rana
Producer
Rosa Rana
Release Date:
असोज 11
View Details
Releasing Soon
  • aiswrya
Advertisement