Mon, 2017 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘हिम्मतवाली’का निर्माता र निर्देशकबिचको विवाद छताछुल्ल

कलिउडखबर, फागुन २९ गते । ‘हिम्मतवाली’ चलचित्रका निर्माता र निर्देशकबिचको विवाद सार्वजनिक भएको छ । निमार्णपक्षको व्यवहारप्रति असन्तुष्टि जनाउँदै निर्देशक सुटिङ नै छाडेका छन् ।विवाद र असन्तुष्टि भएपनि सुटिङ नै छाड्नु व्यवसायिक कर्तव्य विपरित भएको निमार्णपक्षको आरोपका विच निर्देशक श्याम भट्टराईले राजधानीमा पत्रकार सम्मेलन गरी सुटिङ छाड्नुको स्पष्टिकरण दिने प्रयास गरेका छन् ।

चलचित्र ‘हिम्मतवली’को सुटिङकै क्रममा निमात्री तथा नायिका रेखा थापासँग तिब्र विवाद भएपछि निर्देशक भट्टराई महेन्द्रनगरमा भइरहेको सुटिङ छाडेर काठमाडौ आएर पत्रकार सम्मेलन गरी निर्माण पक्षले न्युनतम मानवीय आवश्यकता पनि पुरा नगरेकाले असन्तुष्टीका साथ आफु फर्किएको स्पष्टिकरण दिएका हुन् ।निर्देशक भट्टराई भन्छन् –‘मैले उहाँ (निमात्री रेखा थापा) को कामलाई ढाकछोप गरेर हिंडेको थिए, पछि उहाँले आफै पर्दा खोलिदिनुभयो, अब मैले के गर्ने’ उल्लेख गरिएको छ् ।  

चलचित्र ‘हिम्मतवाली’को यतिबेला महेन्द्रनगर पिप्लाडीमा सुटिङ भइरहेको छ । ३५ प्रतिशत काम सकेर निर्देशक काठमाडौ फर्किएपछि चलचित्रको निर्देशन स्वयं निर्मात्री तथा नायिका रेखा थापाले नै गरिरहेकी छिन् । अहिले छायांकनको काम करिब आधा सकिएको निर्माण पक्षले जानकारी दिएको छ । निमात्री थापा भने निर्देशक भराईले गलत काम गरेकाले निकालेको दावी गर्छिन । ‘सुटिङमा मन लगाएर काम नगर्ने, जुनियर आटिष्र्टहरुसँग पैसा खाने, अडिसन लिने बहानामा स्थानीय युवतीहरुप्रति गलत नजर राख्ने जस्ता समस्याहरु उहाँमा देखेकाले निकालेको हुँ’ थापाले भनिन् ‘त्यस्ता मान्छेबाट के अपेक्षा गर्ने ? त्यही भएर मैले सुटिङस्थलबाटै निकालेकी हुँ ।’

यता निर्देशक भट्टराई भने अभिनेत्री थापाले लगाएको यो आरोपको खण्डन गर्दै  प्रमाणित गर्न चुनौती दिएका छन् । उनले भने ‘मैले त्यस्तो गरेको भए उहाँसँग प्रमाण पनि त होला नि ?’ यसअघि नायिका थापा र निर्देशक भट्टराईले चलचित्र ‘लंका’मा पनि संगै काम गरेका थिए । उनीहरु एक अर्कालाई दाई र बहिनी मान्थे ।

निर्देशक भट्टराईले रेखा थापासँग बहिनीको नाता कायम रहेको बताउँदै ब्यबसायिक सम्बन्ध मात्रै धमिलिएको बताए । रेखा थापा पनि निर्देशक भट्टराईलाई आफ्नो दाई मानेर नै चलचित्रको निर्देशन गर्ने जिम्मा दिएको सुनाउछिन् ।छायांकन स्थलमा खाने बस्ने न्युनतम सुविधा पनि छैन भन्ने श्याम भट्टराईको आरोपलाई खण्डन गर्दै नायिका थापाले भनिन् ‘म पनि गाउँमै जन्मिएकी हुकिर्एकी केटी हु, यहाँ आएर फाईभ स्टार होटलको जस्तो सुविधा खोजेर हुन्छ ?’
 

On Theatre
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
  • chhakka panja 2 Released On: असोज 11
  • mero paisa khai ? Released On: असोज 11
New Releases
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
chhakka panja 2
Director
Deepa shree Niraula
Producer
Deepakl raj giri
Release Date:
असोज 11
View Details
mero paisa khai ?
Director
Rosa Rana
Producer
Rosa Rana
Release Date:
असोज 11
View Details
Releasing Soon
  • aiswrya
Advertisement